विशाल श्रेष्ठ, दक्षिण कोरिया। “स्वास्थ्य शरीर सम्पत्तिले किन्न सकिँदैन बेलैमा सचेत रहे भविष्यमा पछुताउनु पर्दैन” भन्ने मुल नारा लिएर न्यू भिजन ग्रुप दक्षिण कोरियाले शारीरिक रोग सम्बन्धी परामर्श कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

न्यू भिजन ग्रुप दक्षिण कोरियाले विभिन्न सिलसिलामा कोरियामा बसोबास गरिरहेका नेपालीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै सञ्चालन गर्न लागेको कार्यक्रममा उपस्थित हुनको निम्ति आफुलाइ वा नजिकको कसैलाइ देखा परेको शारीरिक सम्बन्धी समस्याहरु मिति २०२२ जुन ७ तारिख सम्म ग्रुपको सम्बन्धीत व्यक्ति हरु समक्ष अथवा ग्रुपको आधिकारिक फेसबुक आइडिमा मेसेज गरेर टिपाउनु पर्नेछ।

सङ्कलित समस्या वा प्रश्नहरु उपर डाक्टर देबेन्द्र गौतम (MBBS BANGLADESH,MD(GP&EM),BPKIKHS,DHARAN ) सँग परामर्श लिई भिडियो तयार गरेर न्यू भिजन ग्रुप दक्षिण कोरियाको आधिकारिक फेसबुक र सस्थाको सदस्य मार्फत मिति २०२२ जुन १२ तारिख दिउँसो सार्वजनिक गरिने ग्रुपको सम्योजक दिपेन्द्र अधिकारीले जानकारी दिनुभयो। शारीरिक रोग सम्बन्धी समस्याहरु टिपाउनको लागि सम्पर्क व्यक्तिहरु दिपेन्द्र अधिकारी: 01020838078 कमल अर्याल: 01059398076 अनिष गुरुङ: 01024906139 जीवन शर्मा :01093399079 राज कुमार आलेमगर: 01082188523