संगिता डिम्दोङ्, सिन्धुली। सरकारी जागिर खाने रहर कसको हुँदैन ? सरकारी जागिरका लागि जो कोहि पनि तँछाडमछाड गरिरहेका हुन्छन् । तर, सिन्धुली जिल्लास्थित कमलामाई नगरपालिका -२, भद्रकाली बोहोरेटारका प्रदिप गौतम सरकारी जागिर छोडर कृषि पेसामा आकर्षित भएका छन्।
गौतम घ्याङलेख गाउँपालिकामा कृषि प्राविधिकको रुपमा काम गरिरहेका थिए । गौतमले सरकारी जागिर छोडर डेढ वर्षदेखि कृषि ब्यवसायमा लागेका हुन् । उनले च्याउ खेति, तरकारी खेति, खोर्सानी, टमाटर, बोडि लगाायतका तरकारी खेति गरिरहनु भएको छ । करीब डेढ वर्ष अगााडि हेल्लो किसान बहुउदेश्यीय कृषि च्याउँ तथा पशुपंक्षी फार्म नै दर्ता गरेर कृषि ब्यवसायमा लागेको उनले बताए ।
उमेरले भर्खर २३ वर्ष लागेका गौतम सरकारी जागिरबाट सीमित आम्दानी मात्रै लिन सकिने भएकाले कृषि ब्यवसाय थालेको बताउँछन्। करिब १५ सय पोका च्याउँ तथा ८ कठ्ठा जमिनमा तरकारी खेति कृषि ब्यवसाय सुरुवात गरेको सुनाए । धान फल्ने खेतमा बाँसका भाटा गाड्दा अनेक थरी कुरा काटेका छिमेकि भने अहिले राम्रो आम्दानि हुँदा अच्चम्मित भएका छन्। लकडाउनको समयमा तरकारी बिक्रि नहुँदा करिब ४ लाख बराबरको घाटा ब्यहोर्नु परेपनि उहाँले कृषि पेसाबाट हिम्मत हारेनन्।
लकडाउन यता मात्रै उहाँले च्याउ र तरकारी खेतिबाट ६ लाख आम्दानी भएको बताउनु भयो । अहिले उहाँले करिब एक हजार पोका च्याउ, ८ कठ्ठा खेतमा तरकारी लगााएका छन् । त्यस्तै दुई हजार पोका च्याउ, २० कठ्ठा जमिन भाडामा लिएर २० वटा टमाटरको टनेल घर तरकारी खेतिको लागि तयारि गरेका छन् । उहाँले वार्षिकरुपमा खर्च कटाएर १० लाख नाफा कमाउने योजनामा रहेका छन्।
साथै उनले तीनजना स्थानीयलाई मासिक २१ हजार तलबसहित रोजगार दिएका छन् । उनले थप पाँच जना स्थानीय कामदार थप्ने योजना रहेको बताएका छन् । गौतमले सिन्धुलीमा च्याउको बजारीकरणमा समस्या रहेको बताएका छन् । च्याउ खेति गर्न कृषकको वृद्धि भएकाले बजारीकरणमा समस्या भएको हो । च्याउ बिक्रि गर्नका लागि सुनसरी,चरिकोट,रामेछापसम्म सप्लायइ गर्ने प्रयास भएको गौतमको भनाई रहेको छ ।
आज कमलामाई नगरपालिकाका कृषि शाखाका प्राविधिक सरोज फुयाँल, कमलामाई -२ नं वडाका कृषि प्राविधिक सबिना क्षेत्रिले गौतमको कृषि फर्मको अनुगमन गरेका छन् । कृषि प्राविधिक फुयाँलले युवाहरूलाई कृषिमा आकर्षित गर्नका लागि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताएका छन् । युवा कृषि ब्यवसायी गौतमलाई दुई हजार च्याउको बीऊ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको बताएका छन् । साथै ब्यवसाय गर्न चाहने युवाहरुलाई बिना धितो निर्ब्याजी ऋण उपलब्ध गराएको छ ।

