रस्नालु। गोकुलगंगा गाउँपालिकाका नवनिर्वाचितजनप्रतिनीधी उपाअध्यक्ष उसा कार्कीले आफ्नो पदभार ग्रहण गर्दै पूर्व जनप्रतिनीधीहरुद्वारा बाँकी भएका अपुरा र अधुरा कामहरुलाई पूर्णता दिने प्रतिवद्धता गरेका छन्। 

गाँउपालिकामा पहिलो फेजमा जिर्ण सडकको मर्मत तथा मठ मन्दिरलाई मर्मत सम्भार र निर्माण लाई नै जोड दिने बताएका छन् ।  नयाँ बजेटको पनि संघारमा आईपुगेको अनि कार्यदलको संरचना पनि पूर्णता भईनसकेकोले सबै योजना कार्य तथा नितीहरु बैठक नबसी भन्न नसकिने जानकारी दिनुभयो ।

आफुले कुनै पार्टिगत पक्ष बिपक्ष नभनी निश्पक्ष रुपमा कामगर्ने र पाँच बर्षभित्र गोकुलगंगाको पहिचाहन लाई नयाँ तथा फरक ढंगले चिनाउने भित्रीसोचपनि रहेको बताएकाछन । उपाध्यक्ष कार्कीले गाउँपालिकामा आम जनताले सुम्पेका जिम्मेवारीलाई नयाँ सोचका साथ आफुले गरेका प्रतिबद्धता लाई चुक्न नदिई गहनपुर्वक पुरा गर्ने जिकीर पनि गर्नुभयो ।