रस्नालु। गोकुलगंगा गाउँपालिका अन्तर्गत पर्ने छ वटै वडाका नवनिर्वाचित जनप्रतिनीधीले गाँउपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)द्वारा सफथ लिएका छन्। गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष खड्काले बुधबार एक औपचारीक कार्यक्रमबीच गाउँपालिकाकै सभाहलमा ३१ जना प्रतिनीधीलाई सफथ दिएका हुन्। 

कार्यक्रम लगतै केही ततकालीन बिषयमा पनि बैठक बसि निर्णय समेत गरेका छन्। पुर्व जनप्रतिनीधीहरुलाई बिदाई तथा नवनियुक्त प्रतिनीधीहरुलाई पदबहाली पनि गरेका थिए । अध्यक्ष खड्काले कार्यक्रममा बोल्दै तत्काल गाउपालिकाभरी रहेका सुत्केरी महिला आमा दिदीबहीनीहरुलाई आकस्मिक एम्बुलेन्स सेवा निःशुल्क गर्ने र सम्पुर्ण गाउँपालिका अन्तर्गत रहेका जेष्ठ नागरिक बुबाआमाहरुलाई सम्मान कार्यक्रम पनि गर्ने घोषणा समेत गरेका छन्। गाउँपालिका को आगामी कार्यक्रम कार्यसमितीको कार्यदल बसेपछिमात्र अघि बढने जानकारी समेत दिएका छन्।