खाङसाङ। फिक्कल गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले पदभार ग्रहण गरेका छन्। स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले गाउँपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन्।

स्थानीय तहको सदस्य निर्वाचन २०७९ मा विजयी उम्मेदवारहरूको सपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पार्वती सुनुवार र उपाध्यक्ष राजु बराल लगायत गाउँपालिकाको ६ वटै वडाका वडा अध्यक्षहरूले सपथ पश्चात पदभार ग्रहण गर्नु भएको छ।

पदभार ग्रहण पश्चात वडा नं. ६ का वडा अध्यक्ष कुलेन्द्र राना मगले प्रत्येक तीन महिनामा वडाको पाएक पर्ने स्थानमै पुगेर घुम्ति बैङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण गर्ने निर्णय गर्नु भएको छ।

स्थानीय तह निर्वाचनमा २०७९ मा फिक्कल गाउँपालिकाले अधिकांश युवा उम्मेदवारहरू चुनेर पठाएको हुँदा फिक्कल गाउँपालिकाले विकासमा फड्को मार्ने विश्वास फिक्कलबासीले लिएको मतदाताहरूले बताएका छन्। 

फोटो फिचर:

कार्यक्रम पश्चात सामुहित फोटो

फिक्कल गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरू

नवनिर्वाचित गाउँपालिका अध्यक्ष पार्वती सुनुवार पदभार ग्रहण गर्नुहुँदै।

नवनिर्वाचित उपाध्यक्ष राजु बराज पदभार ग्रहण गर्नुहुँदै।

गाउँपालिका अध्यक्ष पार्वती सुनुवार र उपाध्यक्ष राजु बराल सपथ ग्रहण कार्यक्रम पश्चात निर्वाचित वडा सदस्यज्यूहरूलाई बधाई दिनु हुँदै।