दोहा, कतार। किरातहरूले कतारमा आफ्नो महान् चाड शालिवा श्यादर पिदार, यक्वा तङनाम, साकेला उभौली-५०८२ भव्य रूपमा मनाएका छन्।

कतारमा स्थापित तीन किराँती संस्थाहरू सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ कतार र किरात राई यायोक्खा शाखा कतारको किरात मूल समारोह आयोजक समितीद्धारा संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सुनुवार सेवा समाज शाखा, कतारका अध्यक्ष नीरबहादुर सुनुवारको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवारको प्रमुख आतिथ्यमा ब्यानर अनावरण र दिप प्रज्वलन साथ नेपालि राष्ट्रिय गान, कर्मभुमीलाई सम्मान साथ कतारको राष्ट्रिय गान र "यो भुमी चुम्ने" किराँती राष्ट्रिय गानबाट कार्यक्रम अघि बढेको थियो।

कार्यक्रममा उपस्थित सम्पुर्ण लाई स्वागत मन्तव्य तथा कार्यक्रमको महत्त बारेमा कार्यक्रमका उप-संयोजक किराया शाखा, कतारका अध्यक्ष शंकरमान राईले प्रकाश पारेका थिए । तीन संस्थाका सुनुवार-नासो, लिम्बू-फेदङ्वा र राई-नछुङ द्वारा प्रकृति पुजा गरिएको थियो। कार्यक्रममा गैर आवासिय नेपाली संघ, बैचारिक सस्थाहरु, महासंघ कतारमा आवद्ध मातृसंस्थाहरु, प्रदेश एकका सबै जिल्ला संस्थाहरु, बग्मती प्रदेशका जिल्ला सस्थाहरु, पत्रकार तथा साहित्यिक सस्थाहरुको आतिथ्य रहेको थियो। कार्यक्रममा दर्जनभन्दा बढी वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए । दुई चरणमा गरिएको पहिलो औपचारिक कार्यक्रम किरात मुल समारोह समितिका सदस्य सचिव विवश लिम्बुले संचालन गरेका थिए भने दोस्रो चरणको सांस्कृतिक कार्यक्रम विनोद लिम्बु र प्रकृति राईले संचालन गरेका थिए ।

सांस्कृतिक कार्यक्रम अन्तर्गत सुनुवार सेवा समाज शाखा, कतारले मौलिक झाकी श्यादर सिल, किरात याक्थुम चुम्लुङले केलाङ र किरात राई यायोक्खा शाखा कतारले साकेला सिली प्रस्तुत गरेको थियो। साकेला सिलि बारे किराया शाखा कतारका पुर्ब अध्यक्ष तथा सल्लाहकार धिरज राईले प्रस्टाउनु भएको थियो। कार्यक्रममा तिनै संस्थाका कलाकारहरुले सबै बिधाका नृत्य तथा गायनद्वारा उपस्थित दर्शकलाई भरपुर मनोरन्जन दिलएका थिए । कार्यक्रम अन्त्यमा उपस्थित सबैलाई उप-संयोजक कियाचु कतारका अध्यक्ष हर्क खजुमले धन्यवाद मन्तव्य राखेका थिए। औपचारिक र सांस्कृतिक दुबै कार्यक्रमको समापन किरात मुल समारोह समिती कतारका सयोजक सभापति नीर बहादुर सुनुवारले गरेको थिए।