दोलखा ।  सामाजिक सञ्जाल फेसबुकमा ‘जब भ्याकेन्सी’ पेज बनाएर बेरोजगार युवाहरूलाई ठगी गरेको आरोपमा दोलखाका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका -८ स्थायी घरभई हाल काठमाडौंको काँडाघारी बस्ने २३ वर्षीय शिव खड्का पक्राउ परेका हुन् ।

फेसबुक पेजमा आकर्षक तलब, सुविधा दिने झुठो विवरण राखेर ई-सेवा मार्फत १५ सयदेखि ३५ सयसम्म डिपोजिट गर्न लगाएर ४३ जना बेरोजगार युवाहरूलाई ठगी गरेको आरोपमा खड्कालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । खड्कालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।