काठमाण्डौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पाहुना टोली जिम्बावे एविरुद्ध दोस्रो टी–ट्वान्टी सिरिज खेल्दैछ । 

टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ’ए’ बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आज नेपाल जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । हिजो भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो ।जिम्बावे भने नेपालविरुद्ध लगातार दोस्रो जित निकाल्दै सिरिज आफ्नो बनाउन चाहन्छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो।सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग तेस्रो खेल बुधबार खेल्नेछ ।टी–ट्वान्टी सिरिजपछि नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।००००