काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि तयार गरेको सन्देशमूलक भिडियोहरू टिकटक बनाई सामाजिक सञ्जालमा प्रचार-प्रसार गर्नेलाई ५० हजार सम्म परस्कार दिने भएको छ। 

आईतबार आयोगले एक सूचना जारी गर्दै भनेको छ "निर्वाचनको प्रचार प्रसारका लागि आयोगले तयार गरेको सन्देशमूलक मिडियोहरूलाई टिकटक बनाई वा पहिले कै स्वरुपमा २०७९ बैशाख २९ गतेभित्र फेसबुक, यूट्युव, टिकटक लगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने, शेयर गर्ने र पचार लाख, तीस लाख र बीस लाख दर्शक पुर्‍याउने व्यक्ति वा संस्थालाई क्रमश ५० हजार, ३० हजार र २० हजार पुरस्कार स्वरुप दिइने छ।"