दोहा, कतार। गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न भएको छ । बुधबार मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादानको शुभकामना आदानप्रदान सहित इफ्तार कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली राजदुतावास कतारका कार्यवाहक राजदुत लक्षमण खनालले एनआरएनए कतारले कतारमा स्थापित संघ-संस्थाहरुको नेतृत्व गर्दे मानवीय सेवा संगै विभिन्न जात, धर्म, समुदाय,भूगोलका बिचमा भाइचाराको सम्बन्ध बनाइ राखेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कतारको सामुदायिक प्रहरीका प्रतिनिधि लेप्टिनेन्ट अब्दुल अजिज अल मोहन्दीले नेपाली समुदायले कतारको विकासमा ठूलो भुमिका खेलेको भन्दै कतारले सदैव सम्मान गर्ने बताउनुभयो ।

सो कार्यक्रममा नेपाली राजदुतावासका लेवर कन्सुलर कृष्ण खनाल, द्दितिय सचीव प्रवीण भट्टराई, एनआरएनए आइसिसी उपाध्यक्ष आरके शर्मा, नरेन्द्र भाट, युवा उपाध्यक्ष राज रेग्मी, सचीव प्रविण गुरुङ, एनसिसि कतारका पुर्व अध्यक्ष नवीन पोख्रेल, एनसिसि कतारका सल्लाहकार मनिष यादव, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समिती कतारका सभापति मोहम्मद अजिज अलि, नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भन्डारी, प्रवासी नेपाली एकता मन्च कतारका अध्यक्ष रामहरी गैरे, नेपाली समाज कतारका अध्यक्ष प्रकाश आले मगर, संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास अध्यक्ष रेखा राई, बिबेकशिल साझा सदभाव समुह कतारका संयोजक गणेश कार्की, आदिवासी जनजाति महासङ्ग कतारका अध्यक्ष पुरुसोत्तम सुनुवार, नेपाल पत्रकार महासङ्ग कतार शाखा अध्यक्ष करिम बक्स मिया, नेपाली महिला समाजका अध्यक्ष सरिता भण्डारी, नेपाली मुस्लिम समाजका महासचिव सद्दाम हुसेन, अन्तर्राष्ट्रिय मुस्लिम समाजका महिला उपाध्यक्ष अमिना खान, गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष राकेश श्रेष्ठ र जिल्ला संस्थाको तर्फबाट खोटाङ सेवा समाजका अध्यक्ष कैलाश श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा कतारमा स्थापित संघ- संस्था संगै भारत लगाएतका देशका समुदायका प्रतिनिधिहरुको सहभागीता रहेको थियो। गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा भएको कार्यक्रममा मौलाना अब्दुल मोबिन र मौलना सरिफ तायमीले कुरानको बारेमा जानकारी गराउनुभएको थियो भने कार्यक्रमको संचालन महासचिव पदम गिरिले गर्नुभएको थियो ।