सिन्धुली । फिक्कल गाउँपालिका -३, चनौटेस्थित चण्डिका माध्यमिक विद्यालयमा कम्प्यूटर प्रयोगशाला निर्माण भएको छ । सोलार स्कुल प्रालिको आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा कम्प्युटर प्रयोगशाला निर्माण गरिएको हो ।

पुस २३ गते बिहीबार एक कार्यक्रमबीच सोलार स्कुलको करिब १७ लाख लागतमा कम्प्यूटर प्रयोगशाला निर्माण गरी हस्तान्तर गरिएको छ ।  गाउँपालिका अध्यक्ष धन बहादुर कार्की, पालिका प्रवक्ता राजु बराल तथा वडा नं. ३ का अध्यक्ष टेक बहादुर रजन मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेत बहादुर पुलामी, प्राधानाध्यापक पृथ्वी बहादुर कार्की लगायतको उपस्थितिमा विद्यालयलाई प्रयोगशाला हस्तान्तरण गरिएको हो ।

सोलार स्कुलले विद्यालयलाई ३ किलोवाट सोलार, १० थान ल्याप्टप, एक थान प्रोजेक्टर, १ थान प्रिन्टर, ५ थान ह्वाईट वोर्ड, ईन्टरनेट जडानका सामग्री लगायतका अन्य स्टेशनरी लगायत नि;शुल्क हस्तान्तरण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेत बहादुर पुलामी जनाएका छन् ।

सोलार स्कुलको आर्थिक सहायोग तथा गाउँपलिकाको समन्वयमा गाउँपलिका भित्रका १५ वटा विद्यालयमा प्रयोगशाला निर्माण गर्ने कार्यक्रम रहेको छ ।