सिन्धुलीमाढी। सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. -४ स्थित ग्वाँङ खोलामा पक्की पुल निर्माणका लागि बनाएको बाँधको पोखरीमा डुबेर १२ वर्षिया बालको मृत्यु भएको छ। शनिबार साथीहरूसँग पौडी खेल्लने क्रममा फिक्कल गाउँपालिका वडा नं. १ का १२ वर्षिया सृयास भुजेलको पोखरीमा डुबेर मृत्यु भएको हो।
कमलामाई नगरपालिका वडा नं. -४ स्थित धुराबजार र ढुङ्ग्रेबास जोड्ने ग्वाङ्खोलामा पक्की पुल निर्माणका लागि खनेको पोखरीमा साथीहरुसँग पौडी खेल्नेक्रममा भुजेलको घटनास्थमै बालक भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ।
मृतक भुजेल सिन्धुलीमाढी स्थित जनता आवासिय माध्यामिक विद्यालय रातमाटामा कक्षा -४ मा अध्यनरत छात्र हुन्। शनिबार साथिहरुसँग खोलामा पौडी खेल्ने क्रममा पुल निर्माओ कम्पनी बनाएको बाँधको गहिरो पोखरीमा डुबेपछि साथिहरुले खबर गरेका थिए।
पोखरीको गहिरो भागमा डुवेका बालकलाई उद्दार गर्न ढिलाई हुँदा निजको घटनास्थलमै मृत्यु भएको छ। घटनापछि मृतकका परिवारले पुल निर्माण स्थलमा बाँध बानेर धेरै गहिरो पोखरी हुँदा पनि घेराबारा नगरेका कारण अबोध बालकको मृत्यु भएको र निर्माण कम्पनीको लापरबाहीले ज्यान गएको आरोप लगाएका छन्।

