शैक्षिक सत्र २०७६ चैतमा कोभिड १९ का कारण रोकिएको एल एल बी दोस्रो वर्षको परीक्षा माघ २१ गतेदेखि हुने भएको छ । 

त्रिवि परीक्षा वोर्डले सूचना जारी गर्दै कानून सङ्काय तर्फको ३ वर्षे एल. एल. बी. दोस्रो वर्षका नियमित परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा सञ्चालन सम्बन्धी सूचना जारी गरेको हो । 

परीक्षा माघ २१ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुने त्रि वि परीक्षा वोर्डले जनाएको छ ।  परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । 

थप जानकारीको लागि यहाँ Click गर्नु होला ।