दक्षिण कोरिया। सिन्धुपाल्चोक समाज दक्षिण कोरिया, रामेछाप सम्पर्क समिति दक्षिण कोरिया र दोलखाली समाज दक्षिण कोरियाको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट शारीरिक तथा मनोरोग परामर्श कार्यक्रम आयोजना हुने भएको छ। आयोजकका अनुसार कार्यक्रम सन् २०२२ अप्रिल ९ मा हुनेछ। 

आयोजकका अनुसार अध्ययन तथा रोजगारी लगायतका शिलशिलामा कोरियामा बसोबास गरिरहेका नेपालीहरुको स्वास्थलाई मध्यनजर गर्दै शारीरिक तथा मनोरोग परामर्श कार्यक्रम डा. सन्जिब चन्द्र गौतम (न्यूरो मनोचिकित्सक, शंकरापुर हस्पीटल) र डा. रमेश ढकाल(स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विज्ञ सल्लाहकार, शंकरापुर हस्पीटल निर्देशक) बाट प्रशिक्षण हुने गरी "शारीरिक तथा मनोरोग परामर्श कार्यक्रम" आयोजना गर्न लागेको हो।

कार्यक्रममा सुगर, प्रेसर, ग्यास्ट्रिक लगायत डिप्रेसन,एन्जाइटि,ओसोडि, तनाब आदि बारे परामर्श दिने आयोजकले जनाएको छ। साथै आयोजकले कोरियामा रहेका सम्पूर्ण नेपालीहरूलाई उक्त कार्यक्रममा उपस्थिति भई स्वास्थ्य लिन अनुरोध गरेको छ।

कार्यक्रममा सहभागि हुनका लागि भर्चुअल माध्यम जुम आईडी 86074857593 पासवर्ड healthcare र समय सन् २०२२ अप्रिल ९ बेलुकी ८ बजे (केएसटी) मा जोडिन सकिने आयोजकले जनाएको छ।