इलाम । रोङ गाउँपालिकास्थित बेवारिसे आवस्थमा एक पुरुषको लाश भेटिएको छ । 

अन्दाजी ६० वर्षको देखिने पहिचान हुन नसकेका उक्त  लाश रोङ गाउँपालिका वडा न‌ं. ३ कुटीडाँडाको हाँसपोखरी नजिक भेटिएको हो ।

प्रत्यक्षदर्शीको अनुसार मादकपदार्थ सेवान गरी हिँड्दा लडेर ज्यान गएको हुन सक्ने बताएका छन् भने लाशलाई पोष्टमार्टमका लागि अस्पताल लागिएको हुँदा सत्यतथ्य आउन बाँकी रहेको छ ।

ढाँका टोपि, खराने कलरको फुल भेष्ट , कालो स्टकोट, ट्राउजर, गोलिस्टार जुत्ता, निलो मोजा लगाएको अवस्थामा भेटिएको हुँदा निजको आफन्त वा लाशको पहिचान गर्नसक्ने जो केहिले यथाशिघ्र सम्पर्क गर्न प्रहरी कार्यालय तथा नजिकैको प्रही चौकी हर्कटेले अनुरोध गरेको छ । 

सम्पर्क गर्न सकिने नम्बरहरु:

जिल्ला प्रहरी कार्यालय इलामः-१००/९८५२६८०७१०/९८५२६९००३०
इलाका प्रहरी कार्यालय पशुपतिनगरः-०२७-५५००९९/९८५२६८१६१८
प्रहरी चौकी हर्कटेः-९८५२६८५११७