काठमाडौं। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले फागुन २९ गते वितरण गरेको राष्ट्रिय युवा प्रतिभा युवा सम्मान पुरस्कार- २०७८ बाट कालिकोटका मंगल बहादुर विष्ट सम्मानित भएका छन् ।

नेपाल सरकारले हरेक वर्ष प्रदान गर्ने राष्ट्रिय युवा प्रतिभा सम्मानबाट कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका १ विश्व किर्तिमानी युवा मंगल विष्ट सम्मानित तथा पुरुस्कृत भएका छन । हाल नेपाल सरकारका शाखा अधिकृत विष्ट कर्णालीका मेहनती परिश्रमी अनुकरणिय प्रतिभा हुन्। उनी कर्णाली र सिंगो नेपाली युवाहरुका प्रेरणादायी स्रोत बनेका छन्। सन २०१७ नोभेम्बर २ र नोभेम्बर १२ मा विष्टले द्रुत लेखनका दुई वटा विद्यामा विश्व किर्तिमान कायम गरी नेपाललाई विश्व समुदाय माझ परिचित गराउन सफल भएका छन् । नेपाली युवामा सिर्जनशीलता उद्यमशीलता र सकारात्मक सोच प्रवाहित गर्न किर्तिमानी कार्यमार्फत अन्तरार्ष्ट्रिय जगतमा नेपालको पहिचान बढाउने कार्य गरी योगदान गरे बापत विष्टलाई रु एक लाख नगद सहित सम्मानित गरिएको हो । युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेाश्वर जंग गहतराज अथक र युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले दोसल्ला ओडाएर सम्मानित गरिएको हो ।

राज्यबाट प्रताडित गरिएको कर्णलीको माटोमा विष्ट जस्तो धेरै प्रतिभाहरु लुकेर बसेका छन् । ती प्रतिभालाई खोज अनुसन्धान गरी कुना र कन्दरका युवा तथा बालबालिकाका प्रतिभाहरु पहिचान गर्न निरन्तर लागि पर्ने विष्ट बताउछन् ।

युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिता पुरस्कारबाट राष्ट्रिय युवा प्रतिभाहरुबाट एक वटा फर्म र एघार जना युवाहरुसहित बाह्र र युवा पत्रकारहरु चार जना सम्मानित भए ।

सम्मानित हुने युवा प्रतिभाहरुमा कालिकोटका मंगल बहादुर विष्टसहित हिमकुमारी उपाध्याय, सुर्खेत, धिर्जबहादुर उपरकोटी, गोर्खा, सन्तोष वोटे, चितवन, मिर्लुङ्ग बहुउद्देश्यीय कृषि फर्म प्रा.लि., तनहुँ, कुसुम के. सी., लमजुङ्ग, सुमित्रा घिमिरे, मकवानपुर, राजन गौतम, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), राज कुमारी पौडेल, सुर्खेत, राजाराम गुरुङ, नुवाकोट, अशोक शर्मा भट्ट, चितवन र खिमप्रसाद पन्थी, अर्घाखाँची रहेका छन् ।

त्यस्तै युवा पत्रकारतर्फ अछामका केशवबहादुर भुलसहित बसन्ती बास्तोला, तनहुँ, पूर्णबहादुर खड्का, अछाम र सिताराम ओझा, डोटी गरी चार जनाले पाएका छन् । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको अध्यक्षता, माननीय युवा तथा खेलकुद मन्त्री श्री महेश्‍वर जंग गहतराज (अथक)को प्रमुख आतिथ्यता, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष, मन्त्रालयका युवा विकास महाशाखा प्रमुख, खेलकुद विकास महाशाखा प्रमुख, मुल्याङ्कन समितिका पदाधिकारीहरु, मन्त्रालयका कर्मचारीहरु तथा राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिताबाट सम्मानीत व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।