छाेरी भएर जन्म लिनु गलत भएछ
आज परिवारलाई लाज भयो रे
परिवारको इज्जतमा ठूलो दाग लाग्यो रे!
त्यसैले त आज छोरीलाई फाल्दै छन्
बगर,झाडी र किनाराहरुमा ।
मेरी आमा जिउँदो लास झैं छटपटाई राछिन्
कारण छोरीको जन्म हुँदैछ रे
गल्ती न भगवानको नै छ न मेरी आमाको !
छोरी भएकैले गर्भपतन गराउँदै छ रे ।
छोरीको जन्म बस् भगवानको मर्जी हो
छोरा र छोरी आखिर उस्तै हुन् !
भन्छन् छाेरी जन्मनु एउटा पाप हो रे
त्यसैले त आज छोरी बलात्कारको शिकार बन्दैछे ।
त्यही छोरी कसैको बुहारी हुँदैन रे !
उसको चर्चा पहिले नै सुनेको छ रे
समाजमा उनलाई मान्दैन
त्यसैले गर्दा समाजमा दाग लागेको छ रे ।