विशाल श्रेष्ठ, कोरिया दक्षिण कोरिया। राष्ट्रीय प्रजातंत्र पार्टी निकट प्रवासी संगठन प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको महाधिवेशन कोरोना कहरलाई मध्यनजर गर्दै जुम भर्चुअल माध्यमबाट संन्जिव भण्डारीको अध्यक्षतामा ३७ सदस्यीय कार्यसमिति गठन गर्दै सम्पन्न भएको छ ।

“ देश र धर्म जोगाउने अभियान प्रवासी नेपाली एकता समाज दक्षिण कोरिया महाधिवेशन“ भन्ने मुल नाराको साथ आयोजना गरिएको उक्त महाधिवेशनमा प्रमुख अतिथि धार्मिक अभियानता अभिषेक जोशी बिशिष्ट अतिथि रमेश न्यौपाने बिशेष अतिथि प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको अध्यक्ष अजय राजबंशी तथा कोरियाको राजनिति, समाजिक र धार्मिक संघ संस्थाको प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

सन्जिब भण्डारीको नेतृत्वमा ख्याम राज राउत, रामचन्द्र सुबेदी,समिरसिह ठकुरी, लोकेन्द्र सुवेदी,पारस राइ उपाध्यक्षमा तथा महेशसिंह महरा, सन्दिप पराजुली महामन्त्री ,कैलाश तामां, योगेश घिमिरे सह-महामन्त्री प्रवक्ता मा मुक्ति अधिकारी, कोषाध्यक्षमा फुर्वा शेर्पा सह-कोशाध्यक्षमा बाबुराम बस्नेत र केन्द्रीय सदस्य हरुमा हरिप्रसाद गजुरेल, वासुदेव भण्डारी,मिलन कार्की, विकास मगर,मनिल बानियाँ, शिबराज शिग्देल,निराजन ढकाल, अर्जुन पौडेल, सन्तोष सिग्देल,अभिषेक रिमाल,बिजय कार्की, छविराज अधिकारी,दब भुसाल, बसन्त थापा,रबिन शाही,राजिव ग्यवालि,महेश महतरा, युवराज फुयाल,टिकाजग चन्द, सन्जय श्रेष्ठ,खेमु ढकाल, सरोज भण्डारी, योगेन्द्र भट्ट गरि ३७ जना सदस्यिय कार्यसमिती गठन भएको सुदिप पौडेलको संयोजकत्वमा गोपाल खड्का र नारायण कार्की सदस्य रहनुभएको निर्वाचन समितिले घोषणा गर्नुभएको थियो। राष्ट्रीय प्रजातंत्र पार्टीमा नयाँ नेतृत्व आए पछी देश तथा बिदेशमा युवाहरुको आकर्षण बढी रहेको छ ।देशले निकास र बिकास खोजिरहेको बेला ठुला दलहरुमा पुरानै नेतृत्व हाबी भई रहदा राष्ट्रीय प्रजातंत्र पार्टी भने नयाँ नेतृत्व तयार गरेर नेपाली राजनितिमा नयाँ तरङ्ग ल्याएको छ ।

दक्षिण कोरियामा प्रवासी नेपाली एकता समाजको केन्द्रीय महाधिवेशन भए लगत्तै संगठन बिस्तार तथा क्षेत्रीय अधिबेशन तयारी रहेको नवनिर्वाचित महामंत्री सन्दिप पराजुली बताउनु भयो सनातन धर्म संरक्षणमा युवाहरु जुट्नु पर्ने देश र धर्म संकटमा रहेको त्यसलाई हामी बचाउनु लागि परेको अर्का नवनिर्वाचित महामंत्री महेशसिंह महराले बताउनु भयो । दक्षिण कोरियामा रहनु भएको समान बिचार र आस्था भएका सम्पूर्ण कोरियाबासी नेपाली दाजूभाई तथा दिदिबहीनीलाई प्रवासी नेपाली एकता समाज दक्षिण कोरियामा गोलबद्द हुनको लागि नवनिर्वाचित उपाध्यक्ष ख्याम राउतले अपिल गर्नु भयो ।