नेपालको लोकप्रिय कलाकार एबम् जनता समाजबादी पार्टी, नेपालका नेता गम्बु शेर्पाको आत्मवृतान्त “फर्किएका पाइला” नामक पुस्तक बिमोचन हुने भएको छ ।

ओखलढुंगा कला साहित्य समाजको आयोजनामा फागुन ७ गते शनिबार बिहान ११ः०० राजधानी काठमाडौैैं स्थित ज्योति पार्टी प्यालेस, मैजुबहालमा एक सार्बजनिक कार्यक्रमका बिच उक्त पुस्तक बिमोचन गरिने लेखक गम्बु शेर्पाले जानकारी दिनु भयो ।

बिमोचन कार्यक्रममा नेपाल सरकारका पुर्ब प्रधानमन्त्री एबम् जनता समाजबादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, पुर्ब मन्त्री एबम् जनता समाजबादी पार्टीका बरिष्ठ नेता अशोेक कुमार राई, ख्याती प्राप्त कलाकार, साहित्यकार, पत्रकार, ओखलढुंगा जिल्ला बासी, शेर्पा समुदाय लगाएत बिभिन्न क्षेत्रबाट मानिसहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।

ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिका स्थाई निबासी शेर्पा लामो समय अमेरिकाको बसाई पछी हाल नेपाल आएर नेपालको राजनितिमा सक्रिय छन ।