-दिलिप पहाडी (फिक्कल गा.पा.-४ सिन्धुली)
आफ्नै पखेटाकाे पाैरखमा बाँचेकाे चरा हुँ,
पिञ्जडाभित्रकाे परिकारमा लाेभिन्न म,
आजसम्म आँच नआएकाे अस्तित्व हुँ
कसैलाई शङ्का लाग्दैमा जाेखिन्न म ।
म पूजा गर्छु - प्रकृतिकाे,
आराधना गर्छु - म मेरै पशुपतिकाे,
न्युयोर्क तँ झै आधुनिक बन्न,
यदि गर्नुपर्छ भने,
मैले आफ्नै चरित्रको चीरहरण,
बरु पुरातनपन्थी भएर बाँच्छु।
समय लाग्ला,
मै बनाउँछु - मेराे आधुनिक आकाश
समय लाग्ला,
मै बनाउँछु - मेराे समृद्धिकाे गुँड,
यसर्थ म मेरै इच्छामा,
अझै अभावकाे पन्छी भएर बाँच्छु ।
म भित्रै वैभव छ,
म बाटै सम्भव छ,
म छिट्टै देखाउने छु।
संघर्ष कसरी गर्नुपर्छ ?
परिचित छु ।
मलाई पनि थाहा छ,
म भूपरिवेष्ठित छु ।
भराेसा आफैसँग गर्नु छ मलाई
अरुकाे भर परेमा कति पाइन्छ,
कति पाँइदैन
जाेसुकैले देओस् मलाई
अनुदार पूर्वक दिइने
अनुदान मलाई चाँहिदैन ।
गाेर्खाली हुँ
कसैकाे हुँकारले खुट्टा कमाउँदिन
मालिक हुँ सगरमाथाकाे
शिर झुकाएर कसैकाे जुत्ता समाउँदिन ।
तिम्राे अनुदानकाे अनुसन्धान म पनि गर्न सक्छु
म आफ्नाे समस्याकाे आफैं निदान गर्न सक्छु ।
हाे तिमी जतिकै हुन मलाई पनि मन छ
हाे तिमी जतिकै हुन मलाई पनि मन छ
दुःख लाग्छ ,
यता मुलुक चलाउनेहरुले मुख मात्रै चलाइरहे।