३ फागुन, दाङ । लमही ५ रातोडाँडाबाट १ थान चितुवाको छालासहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा राजपुर ५ महसेनीखोलाका राज कुमार पुन र तुलसीपुर ११ बेलगडारीका  कृण्ण चौधरी रहेका छन् । वडा प्रहरी कार्यालय लमही र लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उक्त छालासहित फेला पारी पक्राउ गरेको हो । 
दुवै जनालाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि डिभिजन वन कार्यालय लमहीमा बुझाइएको छ ।