३ फागुन, कास्की । युएनमा जागिर लगाइदिने भन्दै ठगी गरेर फरार रहेका डोटीका दिनेश सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले आफू यूएनको ईन्जिनियर रहेको भन्दै विभिन्न व्यक्तिहरलाई जागिर लगाइदिने भन्दै नगद १८ लाख ८५ हजार गठी गरी फरार भएका थिए ।
दिनेशलाई पोखराबाट रकम ठगी गरी फरार भएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र रुपन्देहीको समन्वयमा बुटवल ९ मिलनचोकबाट सोमबार पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट १ थान ल्याप्टप, २ थान मोबाइल, पहेलो रंगको १ थान सिक्री, १ थान औंठी, विभिन्न कम्पनीको ६ थान सिम, १० थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर, बिभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी, ठगी गर्ने प्रयोजनको लागि बनाएका विभिन्न कागजात र नगद ६७ हजार रुपैयाँसमेत बरामद गरेको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।