नाघेर आँगनिको धौघेरा
यौटा लोग्ने छायाँसँग
तर्कदै तर्सदै सपनाहरु सजाइन्थ्यो

त्यो पँधेरी
महिला स्वरहरु छिचोल्दै
रहरहरु लोटाबाट गाग्री भरिन्थ्यो

त्यो रन वन
सङ्गितहरुको भिड चिर्दै
इसारामा कुरा हुन्थ्यो
मन र मुटु साटिन्थ्यो

आज प्रेम दिवस पढिरहेछु
हामीले साटेभन्दा छुट्टै प्रेम

उही प्रेमको जगमा
फरक प्रेम गरिरहन्छौँ
फरक प्रेम खोजिरहेछौँ
जो हामी जिन्दगी भरी गरिरहनेछौँ 

ओहो ! चटक्कै भुलेछु
प्रिय प्रणय दिवसको शुभकामना
माया गरेर नै त जीवन काट्नु छ

तर म भ्यालेन्टाइन डे पढिरहेछु
दिन गन्दी गन्दै-गन्दै

ऋतु जस्तो नआओस्
न घाम जून जस्तो होस्
सागर जस्तै रहिरहोस टम्म किनारसम्म
मैले तिमीलाई गर्ने प्रेम जस्तै ।

(लेखक सुवास बाङ्देल राई रोङ, इलाम निवासी हुन्)