१ फागुन, झापा । भद्रपुर ६ नयाँबस्तीका मुगालाल माझीलाई १ थान अवैध कटुवा पेस्तोल सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
माझीको घरमा अवैध हतियार रहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुर र २ नम्बर सशस्त्र प्रहरी गण झापाबाट खटिएको संयुक्त प्रहरीले खोजतलास गरी  घरमा लुकाई राखेको अवस्थामा उक्त हतियार बरामत गरेको हो ।
हतियारसहित पक्राउ परेको माझीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।