जनचासो खबर, १ फागुन । आज (आइतबार) प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जवाराविरुद्ध महाअभियोग दर्ता भएको छ ।
जवारा विरुद्ध सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले संसद सचिवालयमा महाअभियोग दर्ता गराएको हो । उक्त महाअभियोग प्रस्तावमा ९८ जना सांसदहरुको हस्ताक्षर रहेको छ ।
नेपाल बार एशोसिएसन र सर्वोच्च अदालतका न्यायाधीहरुले पनि जवराविरुद्ध आन्दोलन गर्दै आएको छ । नेपाल बार एशोसिएसनले जवाराको राजिनामा माग गर्दै आन्दोलन गरिरहेको छ भने न्याधिशहरुले इजलास बहिस्कार गरेकामा गोला प्रक्रयाबाट पेशी तोक्न थालेपछि न्यायाधीहरु इजलासमा बस्न थालेका छन् ।

