बाँके, २९ माघ । जानकी ५ बुढियागाउँबाट डाँका चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई १ थान कटुवा पेस्तोलसहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत रुपैडिहा निबिया घर बताउने डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने निजामुद्दिन कवडिया रहेका छन् ।
बर्दियाको बढैयाताल ८, का पर्शुराम सार्कीको घरमा गत पुस २९ गते राति पेस्तोल देखाई करिब ३ लाख ३५ हजार रुपैयाँ बराबरको नगद र सुन लुटपाट गरेको र माघ १७ गते बाँके खजुरामा हरी प्रकास बिकको घरबाट नगद ५० हजार रुपैयाँ, साढे ३ तोला सुन र मोटरसाइकल चोरी भएको घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय खुद्रा खजुराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
चोरी भएको मोटरसाइकल माघ १८ गते बर्दिया बढैयाताल ५ बढैयाताल नजिकै रहेको पोखरीमा प्रहरीले भेटाएको थियो ।

