काठमाडौं, २९ माघ । दाउराको चिरपट र बाँसको टुक्रा प्रहार गरी ज्यान लिएको अभियोगमा एक जना पक्राउ परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौैले उक्त अभियोगमा दक्षिणकाली ६ फर्पिङ बस्ने शिव गिरी (अघोरी)लाई पक्राउ गरेको हो । 
दक्षिणकाली ६ फर्पिङमा रहेको दक्षिणकाली पार्टी प्यालेस अगाडि बिहीबार राति गिरीले पहिचान नखुलेको अन्दाजी ४५ बर्षीय पुरुषलाई दाउराको चिरपट र बाँसको टुक्रा प्रहार गर्दा गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते पुरुषलाई मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङ हुँदै वीर अस्पताल लगिएकोमा उपचारको क्रममा उनको शुक्रबार मृत्यु भएको हो । गिरीले कुटपिट गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फर्पिङले उनलाई नियन्त्रणमा लिएको हो ।