बाँके, २७ माघ । नेपालगन्ज वसपार्कबाट करिब २ ग्राम ५ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ जना पक्राउ परेका छन् । 

बुधबार राति लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज बस्दै अछाम स्थायी घर भएका १८ वर्षीय किशोरहरुलाई नियन्त्रणमा लिएको हो ।  

त्यस्तै, मोरङ जिल्लाको बिराटनगर १५ मा रहेको १ नम्बर ढाटबाट करिब २ ग्राम ७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर एक जनालाई प्रकाउ गरिएको छ । पक्राउ पर्नेमा केरावारी ८ का ३५ वर्षीय मिकेनजी लिम्बु रहेको प्रहरीले जनाएको छ । बुधबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४१ प ६२५९ नम्बरको स्कुटर चेक जाँच गर्ने क्रममा लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले उक्त अवैध लागुऔषाधसहित चालक लिम्बुलाई पक्राउ गरेको हो ।