बर्दिया, २७ माघ । वर्दियामा १२ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा बाँसगढी ४ अस्नेरीका २९ वर्षीय वीर बहादुर रोका रहेको प्रहरीले जनाएको छ । रोकालाई ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । रोकाले बालिकालाई जबरजस्ती करणी गरेको खबर पश्चात प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

