काठमाडौं, २३ माघ । भारतकी लोकप्रिय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आज निधन भएको छ । 

चर्चित हजारौँ गीतहरु गाएकी मंगेशकर आज विहान मुम्बाईको ब्रीच कैंडी अस्पतालमा ८ बजेर १२ मिनेटमा निधन भएको बिबिसी हिन्दीले जनाएको छ । मंगेशकरको हिन्दी मात्र नभएर नेपाल पनि चर्चित नेपाली गीगहरु गाएकी छिन् । 

उनको नेपाली चर्चित गीतहरु "मोहनी लाग्ला है" "पहाडको माथि माथि" "किन बढ्दैछ ढुक ढुकी मनको" " म प्यार बेचिदिन्छु" "चञ्चले मन भुल्यो" "तिम्रो मनमा लुकेको कुरा" "बाँचुन्जेली लै"  जस्तै दर्जनौँ गीतहरु आज पनि उत्तिकै गुञ्जिने गर्छन् ।

श्वरको धनि मंगेशकरलाई कोभिड-१९ को संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।