आउ - युवा हातेमालो गरौँ!
समृद्धि र परिवर्तनका लागी खबरदारी गरौँ।
गर्विलो इतिहास जोगाउनका लागी गरौँ।
सुन्दर भविष्य बनाउनका लागी गरौँ।
वैदेशिक हस्तक्षेप लाई परास्त गर्नको लागी गरौँ।
स्वाधीन राष्ट्रवाद लाई जगाउनको लागी गरौँ।
आउ - युवा हातेमालो गरौँ!!
लोकतान्त्रिक गणतान्त्रिक संविधान रक्षाका लागी गरौँ।
शान्ति सुव्यवस्था र सुशासन कायम गर्नका लागी गरौँ।
अवसर-सहभागिता र समानताको ग्यारेन्टीका लागी गरौँ।
समाजवाद हुँदै साम्यवाद सम्म को यात्राका लागी गरौँ।
आउ - युवा हातेमालो गरौँ!
अरबमा बगेको रगत र पसिना रोक्नका लागी गरौँ।
युरोप र अमेरिकामा हराएको युवा खोज्नका लागी गरौँ।
बेरोजगारीले निम्त्याएको दुर्घटना रोक्नका लागी गरौँ।
रेमिटान्सले धानेको अर्थतन्त्रलाई उकास्नको लागी गरौँ।
आउ - युवा हातेमालो गरौँ।
भ्रष्टाचार र अवसरवाद को अन्त्य गर्नका लागि गरौँ।
श्रम-सिप र रोजगारी को ग्यारेन्टी गर्नका लागी गरौँ।
गरिब-श्रमजीवी जनजिवन लाई उकास्नका लागी गरौँ।
परिवर्तन र समृद्धि को बिगुल फुक्नको लागी गरौँ।
आउ - युवा हातेमालो गरौँ।
युवा सहभागिताको लागि गरौँ।
पुस्तान्तरणका लागी गरौँ।
नेतृत्व हस्तान्तरणका लागी गरौँ।
सक्षम नेतृत्व स्थापितका लागी गरौँ।
-लेखक: सागर कार्की (नेकपा एमाले सिन्धुली जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियु बागमती प्रदेश कमिटी सदस्य)