-कल्पना श्रेष्ठ, रामेछाप।
गरे पनि डिग्री केही हुन्न भने।
झुठो बोल्दैआमा म रुन्न भने।
अबको रहर पिएचडी गर्ने थियो,
परिवारमा खुशी भर्ने थियो,
तर... मन परिवर्तित छ।
पढाइ बीचमै छाड्नेले घर, जग्गा आँटिसके,
कमाईसँगै परिवारमा खुशी साटिसके,
साँच्चै जीवनस्तर उच्च पारीसके,
गाउँ छाडी शहरमा बसाईँ सारीसके।
हिजो पढाई ठुलो भन्ने आज उसकै पक्ष लिन्छ,
भएसी पैसा अब उसले सब थोक किन्छ,
म अझै पनि विश्व विद्यालय धाउँदै छु,
जागिर बुझ्दिनु मलाई भन्दै कुरा लाउँदै छु।
शैक्षिक बेरोजगारीको हुलमा परेकै छु,
सफल भइन्छ भनि कोशिस गरेकै छु,
एक दिन पढाईले सार्थकता पाउने छ,
जीवनमा खुशीका बहारहरु आउने छ,
नसकेनी धनी बन्न इज्जत कमाउने छु,
म पनि आफ्नै दुनियाँमा पक्कै रमाउने छु।