ए झरी तैले गरिस् मन परी
दु:ख मार्का थपिदिस् मन भरी
पाकी सकेका सुनका बालाहरु
सोतर पारिस् तैले कठै खेतभरी ।
यस्तो रिस उठ्छ म-काम्छु थर-थरी
तँ बेलामा आउँदैनस्- कुबेला मर्ने गरी
कसरी पालौँ सन्तान यी नाबालकहरु
मेरै देशमा अन्धो छन् कृषि मन्त्री पनि ।
ए झरी मन पोल्यो, पिर बड्यो बेसरी
फोन आउन थाल्यो बैंकको घरी-घरी
न बाँच्न सक्छु न मर्न- अब के हुन्छ ?
नेताकै घर धाउनु पर्छ- राहात पाउन पनि ।
सरकार लौन केही त गर, कसै गरी
उम्रियो धान बालामै- बेच्ने कसो गरी ?
ब्याजको स्याज थपिन्छ अब के गर्ने ?
गारो भयो अब दिनको छाक टार्न पनि ।
भाषण गरेउ कृषि क्रान्ति अब आउँछ भनी
फेरि कहिले आयौ के पीर-मार्का बुझ्ने गरी ?
अब भोट हैन, जुत्ताको माला दिन्छौँ तिमीलाई
तयार होउ नत्र उद्दार गर कृषकलाई कसै गरी ।
गुनासोसँग क्रोध चिन्ता छ यस्तै मनै भरी
सरकार केही त गर फेरि धान फल्ने गरी
फेरि फल्छ, मलजल गर्छ्न् दिहेर सहयोग
नत्र चाइएन गणतन्त्र फालिदेउ आका गरी ।
(अनिश राई "फुटकर यात्री", रोङ ३, इलाम)