बा भन्नुहुन्छ- अझै तेरो नतिजा आएन ?
मैले भने अदालतमा रोकिएको छ !
चामल बेचेर, बाआमाका
पैतला पसिना बेचेर,
सपना बोकेर शहर
पसेको छोरो,
गाउँका हुनेखानेको
थिचाइ, मिचाइ,
अनि बा आमालाई
लगाएका तिता बचनहरु
मनमा सम्हाल्दै,
सुन्दर भविष्य बोकी लोकसेवा
पढन हिडेको म,
शहरमा प्रताडिदै, अप्ठ्यार, चुनौति र
समस्या अनि अवरोधसँग
लडिबुडि खेल्दै
अनेकन दुख, कष्ट, पीडा
बोधहरु छिचोल्दै
कतिका भनाइहरु खेप्दै ?
कति आशाहरु साँच्दै ?
लोकसेवा पास गरेको नि
आज ५ महिना भएछ ?
बा भन्नुहुन्छ ? अझै तेरो नतिजा आएन ?
जवाफमा- बा अदालतमा रोकिएको छ ?
घरको बेचिएको खेत
कहिले फर्काउने आशामा छन्
बाआमा
हाकिम भएर गाउँ पसाउने
आशामा छन् साथी संगी
सँगै पढेको पल्ला घरे
साइलोको छोरा
इन्जिनियर पढेर लाखौ कमाउछ रे ? बा भन्नुहुन्छ ?
तेरै आश यी बुढेसकाल रमाउनु छ आमा भन्नुहुन्छ ?
साथीले सोध्छ फेरी ओए तिम्रो नतिजा आएन अझै ?
म भन्छु- अदालतमा रोकिएको छ !
भदौमा अन्तर्वाता सकिएर बसेका हामी,
नतिजाको पर्खाइमा छौँ,
कहिले कोरोनाको कहर त
कहिले नातावादको लहर,
कोही अदालतको सेटिङ तिर
लागेका छन् त
कोही पुल सुलका मिटिङ तिर लागेका छन्
कसैलाई मतलब छैन, चासो छैन,
र त हामीलाई हाँसो छैन
हाम्रो हाँसो निमोठिएको छ ?
आशा मरेको छ ?
लोकसेवाको छवि केरिएको छ ?
फेरी पनि त्यहि पीडा र
निरासले सोध्छ ?
ओए तेरो नतिजा अझै आएन ?
म भन्छु- अदालतमा रोकिएको छ ?
अधिकृत भएपछि बिहे गर्छु
भनेर जोवन साङ्गचेर, कुरा मानेर,
धेरै वरहरुलाई अस्विकार गर्न लगाएकी उनी
दिनदिनै पर्खाइमा छिन् ?
महिनौँ बिति सक्यो ?
लगनले नेट्यो काटिसक्यो ?
बुढेसकाल छाउन लागिसक्यो ?
हामी कहिले विहे गर्ने प्रिय ?
भनेर सोधिरन्छिन् ?
म जवाफ बिहिन भएको छु ?
मौन बस्न बाध्य छु ?
उनलाई पर्खाउन,
मनाउन अझै कति
के-के कुरामा कुराउ ?
भावहिल छु, पलपल रोइरहेको छु
उनी भन्छिन्- अझै तिम्रो नतिजा आएन ?
म भन्छु- अदालतमा रोकिएको छ ?
केही संघीयता धराप
पार्ने सेटिङमा छन्
केही सन्तान
व्यवस्थापनका डेटिङमा छन्
केही अदालतमा पेशी सार्दै मस्त छन् ?
केही कोटा काट्न
पत्रचार गर्न व्यस्त छन् ?
हामी भने दिनदिनै
सर्वोचका वेभसाइट हेर्दै ठिक्क छौँ ?
मोबाइलको स्क्रिनमा पेशी
स्थगितको सुचना हेर्दै
मन भारी बनाएर
टाउको माथि हात राख्दै
आशाका किरणसँग शिथिल हुँदै
ए आज पनि स्थगित
भन्दै लामो सास फेर्दै
भगवान पुकार्दै प्रार्थना र कामना गर्दैछौँ
बा भन्नु हुन्छ- अझै तेरो नतिजा आएन ?
म भन्छु- अदालतमा रोकिएको छ ?
पूर्ण इजलासबाट सुनुवाइ सुरु भयो
मन हर्षले ल है अब केही हुने आशामा,
आउन थाले साथीका स्टाटस सभ्य भाषामा
लगातार हेर्दाहेर्दै, ५ दिन बित्यो ?
आशाका किरणहरुले ?
झन चिप्लेटी खेल्न थाले ?
न्यायको दियो बल्ल थाले ?
मन मनमा अनेक थरी जवाफ
अनि रवाफ चल्न थाले ?
अब त हुन्छन्, आज हुन्छ ?
भोली हुन्छ ? भन्दा-भन्दै फेरि पनि
सोमबार पेशी ?
फेरी मन चसक्क काट्छ ?
महिनौ त कुरियो ?
अब दिनमा झरेको छ ?
केहि आश, केही डर
जिन्दगी पनि त्यहि सर्वोच्चको वेभसाइट
हेर्दाहेर्दै, हेर्दाहेर्दै
जस्तै हुन थालेको छ ?
न्यायको आश गरिरहेका
कयौङ्ग युवाहरु
लोकसेवाका पछि दौडिरहेका
लाखौँ जवानहरु
भविष्य बोकेका हजारौँ विद्यार्थीहरु
विदेश जाउँ कि?
सोध्ने गर्छ अझै तिम्रो
नतिजा आएन ?
मैले भन्छु- अदालतमा रोकिएको छ ?
(लेखक विष्ट पञ्चकन्या गाउँपालिकामा कार्यरत अधिकृत छैठौँ हुन्)