लेख्दा लेख्दै नलेखि कन
रोक्दै मेरा कलम
फ्याट्टै देखेँ म्याकुरीलाई
भएन शान्त मेरा मनलाई ।
बेला बेला फर्किफर्कि
उसका अनुहारमा हेरी
के होला नाम, कहाँ होला घर ?
भन्दै सोच्दै लेखेपछि
कहाँ हुन्छ र धर ।
समय सकिदैँ गएपछि
उसलाई कर्के नजर लाउँदै
बाहिर निस्किदा पो मलाई थाहा भयो
म त जाँच पो लेख्दै ।।
(लेखक: मिलन राई, रोङ ४, इलाम)