जगत जननि, त्यागको मुर्ति ममताकी खानी
निर्मल, पबित्र, संवेदनशिल अनि मनकि रानी

बालहठ सँग दिक्क हुँदा पनि मलाई माया गर्ने
सारा गल्तीहरु माफ गरेर स्नेहले आचलमा बेर्ने

राजकुमार र परिको कथा सुनाउछिन मेरी  आमा
कल्पनामै पनि रमाउन सिकाउछिन मेरी आमा

चौतारी हो तिम्रो बिशाल हृदय मेरो दु:ख बिसाउन
एक जुनि काफी छैन ममताको मुल्य चुकाउन

आशिर्वाद, स्नेह अनमोल मायाको खानी
हजुरकै कोख बाट  जन्म लिन पाउ अर्को जुनि पनि ।