म नबोलेकोमा फाईदा उठायो
र भन्यो
मौनम स्वीकृति लक्षणम
कुराहरु सुनिन्छन्
कति बुझिन्नन्
मैले पनि सुने कुराहरु
र प्रति उत्तर मुस्कान दिए
हुन त म भित्र-भित्र,
कति-कति डराएको थिए
तर्सेको थिए मेरा गोडा
लुगलुग कामेका थिए
सास बडेको थियो धड्कन तेज भएको थियो
हुँ त मान्छे नै
तर झार झै उखेलिन सक्छु
किरा झै
पैतालामा चेपिएर मर्न सक्छु
हरपल सताउछ
मान्छे नभई मरे भने
जोगिएर सम्हालिएर हिडछु
मान्छे हुनु छ एक दिन
हतारिन्छु जतिबेला दौडधुप गर्छु
हुनसक्ने भन्दा धेरै गर्छु
समयसँगै होस् भनी भागिरहन्छु
हरेस लाग्छ मान्छे नभई हार्नुपर्यो भने
मर्नुपर्यो भने
गुमनाम हुनुपर्यो भने
मैले आजसम्म मान्छे बन्न
फेरेका काचुली अरुले भेटेनन भने ?
फेल मात्र भएको बेला
मुस्कान मात्रले नहोला
अरुको जस्तै हुनुपर्छ
प्रश्नपत्रको उत्तर
परिक्षा उत्तीर्ण हुन
महाराज कुनै दिन ढिलो आए भने
मेरो हाजिरीमा गयल नलेखियोस्
मलाई सजाय दिईयोस्
मान्छेहरुको भिडमा मान्छे बन्ने।