११ माघ, धनकुटा । आफ्नै श्रीमती हत्या गरेको अभियोगमा धनकुटा नगरपालिका ४ का सितारम श्रेष्ठ पक्राउ परेको छ । श्रेष्ठले आफ्नो ५५ वर्षीया श्रीमती सिता श्रेष्ठको हत्या गरेको स्वीकार गरेपछि उनलाई पक्राउ गरिएको हो ।
गत पुस १६ गते बेलुकादेखि सिता श्रेष्ठ र सिताराम श्रेष्ठ हराई बेपता भएको पछि जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरीहरुले अनुसन्धान अगाडि बढाएको थियो । खोजी गर्ने क्रममा सितारामलाई आइतबार काठमाडौंमा पक्राउ गरी सोधपुछको क्रममा उनले श्रीमतीको हत्या गरी घरभित्र नै गाडेको भनी बयान दिएका थिए ।
श्रेष्ठको बयान बमोजिम नै प्रहरीहरुले सिताको शव फेला परेको पारे पछि उनलाई कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

