पहिलो- रहर
उही नेताहरूलाई यहाँ बालिग बन्ने रहर
उही नेताहरूलाई यहाँ मालिक बन्ने रहर
रहर पनि कति अचाक्ली लाग्ने रहेछ भने,
उही नेताहरूलाई यहाँ शालिक बन्ने रहर।।
दोस्रो
उही धमिलो शासनमा कति टिक्छौ?
उही मलीलो आसनमा कति हिड्छौ?
व्यवस्थाले व्यवस्था कै धज्जी उडायो,
उही अमिलो भाषणमा कति बिक्छौ?
तेस्रो
कहिले समायोजनसँग रोकिन्छ लोक सेवा
कहिले कोरोनासँग झोकिन्छ लोक सेवा
तयारी गर्दागर्दै उमेरले पैतिस नाघिसक्यो
कहिले अदालतसँग ठोकिन्छ लोक सेवा।