जनचासो खबर । बाराको जितपुरसिमरास्थित सिमरा विमानस्थलबाट नेपालमा प्रतिबन्धित २ हजार दरका १ सय थान (भारु २ लाख) भारतीय रुपैयाँ नगद सहित आइतबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार नवाधा थाना अक्बरपुर ठेगाना रहेको शिव शंकर बब्लु रहेका छन् । डिपार्चर रुममा काठमाडौंतर्फ जान लागेका यात्रुहरुलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा शिव शंकरलाई उक्त नगदसहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई बरामद नगद सहित आवश्यक कारबाहीको लागि क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय पठाइएको छ ।

