जनचासो खबर । रोल्पामा गाई काटेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनिलस्मृति गाउँपालिका-८ अरेश धाराखर्कका दुर्गा पुनमगर र बल बहादुर पुनलाई गाई काटेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
गाई काटेर खाइरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूको घर तलासी गर्दा दुवैको घरबाट ४/४ केजी मासु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पश्चात थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

