जनचासो खबर । रुपन्देहीमा बाइस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लुम्बिनी सांस्कृतिक नगरपालिका-९ बस्ने २६ वर्षीय सुवाष यादवलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीले ती महिलालाई लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ पिपरास्थित खाली खेतमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पश्चात थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

