पहिलो
पासो टुट्यो यमलोकमा नाम आको छैन
गमञ्चमा छु गाली छ ताली आको छैन ।
ओसिलो ढुङ्गा भैगो एक थान ज्यान मेरो
खै बटुवाले अझै बिस्वास गर्न लाको छैन ।
कुन सरफमा भिजाउनु कुन साबुनले धुनु
आलै छ बदनामिको दाग अझै गाको छैन ।
पञ्च पढिदिनुहोस एक पल्ट कागज
त्यो बैनाबट्टा गरेर पनि किन? मेरो भाको छैन ।
जुवाडे भैयो मायाको हारजित जे त होला
खाल चलिरहेछ छ दाउ मात्र आको छैन ।।
दोस्रो
उजुरी गर्नु छ तर कसलाई? काम बनेको छैन
महोदय हजुरलाई दिन त उपनाम बनेको छैन ।
केही नबोले पनि इशारा त्यही थियो तपाईको
मेरो त आमाबा भन्दा अर्को धाम बनेको छैन ।
हजुर बाहिर ननिस्कदै भन्नुहुन्छ उफ! यो गर्मि
तर किसानको पसिना सुक्ने घाम बनेको छैन ।
हजुरले त जाहाँ छोयो त्यहि त्यहि छाप बन्यो
म दिनै टेकेर हिडने बाटोमा डाम बनेको छैन ।
गायत्री मन्त्रलाई कानमा फुसफुसाउनु भन्छन
चिन्ता नलिनु हजुरको नाम आम बनेको छैन ।।
(लेखक: सुबास बाङ्देल राई, रोङ-१, चामेटार)