काठमाडौं। पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। २२ हजार ८ सय २८ जनामा गरिएको परिक्षण गर्दा झण्डै ५० प्रतिशत सङ्क्रमित पुष्टि भएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ८७२ जनाको पिसिआर परिक्षण र ४ हजार ९५६ जनामा एन्टिजेन परिक्षण गर्दा ५० प्रतिशत अर्थात् १० हजार २५८ जना सङ्क्रमित थपिएका हुन्। कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको ज्यान गएको छ। नेपालमा हालसम्म ३९ हजार ४४ जना सक्रिय सङ्क्रमित रहेका छन्। 

आज ५६२ जना कोरोना सङ्क्रम मुक्त भएका छन्। त्यस्तै आज २ लाख १३ हजार ४८ जनामा कोरोना विरुद्धको खोप लगाईएको छ।