काठमाडौं। प्रदेश नं. २ ले राजधानी र नाम पारित कायम भएपछि मधेस प्रदेश सरकारले मंगलबार(आज) सार्वजनिक विदा दिने निर्णय गरेको छ।

सोमबार बसेको प्रदेशसभा बैठकले मधेस प्रदेश र स्थायी राजधानी जनकपुर कायम गर्ने गरी निर्णय गरेसँगै १ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसाद साहले नाम र राजधानी टुंगिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। प्रदेश सभाको दुई तिहाइ मतसहित नामाकरण र राजधानी टुङ्गो लगाएको हो।