काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोभिड -१९ संक्रमण पुष्टि भएको छ। आइतबार साँझ स्वाब परिक्षणमा मन्त्री आलेलाई कोरोना सङ्क्रमण पुष्टि गरिएको हो।

मन्त्री आलेको निजी सचिवालयका अनुसार कोरोना पुष्टि भएपछि सोमबारका लागि निर्धारित कार्यक्रमहरू स्थगित गरिएका छन् । यसअघि आइतबार मन्त्री आलेले पशुपतिधर्मशाला र नारायणहिटी दरबारको अवलोकनमा गएका थिए ।