काठमाडौं। सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा "आदिवासी मौलिकतामा पटकथा लेखन कार्यशाला" उद्घाटन भएको छ। आइतबार सुनुवार सेवा समाज संघीय समितिको कार्यालयको सभाहलमा सात दिवसीय कार्यशाला उद्घाटन भएको हो।

उद्घाटन कार्यक्रममा पटकथा लेखन कार्यशालाको आवश्यकता, महत्त्व र समस्याहरुको बारेमा नेपाल आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले प्रष्ट्याउनुका साथै आदिवासी मौलिकता माथि कसरी काम गर्ने, कस्ता कुरालाई समावेश गर्ने र कस्ता कुराहरु समावेश गर्नु भयो। आदिवासी मौलिकता आउँछ भन्ने कुरा साहित्यकार राजन मुकारुङले कक्षामा प्रकाश पार्नुभयो ।

आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारद्वारा कार्यक्रम उद्घाटन गरिएको थियो । सात दिवसीय कार्यशालामा प्रशिक्षकहरु नव विजय श्रेष्ठ र रजिला श्रेष्ठ गर्नु हुनेछ। कार्यशालामा सुनुवार तथा गैरसुनुवारहरु गरी २० सहभागिको उपस्थिति रहेको छ। कार्यशाला माघ ८ गतेसम्म चल्नेछ।

कार्लाशालालाई अर्थपूर्ण र उपलब्धिमूलक बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा सुनुवार कलाकार तथा चलचित्र कर्मी समाजका अध्यक्ष शिव मुखियाले धन्यवादन व्यक्त गर्नु भयो।