सिन्धुलीमाढी। जिल्ला अस्पताल सिन्धुली अन्तर्गत सञ्चालनमा रहेको कोभिड अस्पतालमा फिबर क्लिनिक सञ्चालनमा ल्याईएको छ। जिल्लाभित्र कोभिड -१९ को सङ्क्रमण बढ्न थालेपछि आइतबारबाट फिबर क्लिनिक सञ्चालनमा ल्याईएको हो। 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोखरेलका अनुसार ज्वरो आएका तथा कोभिड -१९ सङ्क्रमणको शंका भएका बिरामीको जाँच तथा उपचारका लागि फिबर क्लिनिक सञ्चालनमा ल्याईएको हो। आवश्यक बजेट अभावका कारण गत मंसिरको शुरुदेखि अस्पताल बन्द भएको थयो। 

फिबर क्लिनिकले संकास्पद बिरामीहरूलाई २४ घण्टा सेवा प्रदान गर्नेछ। स्वाब सङ्कलन तथा चेक जाँच र पोजेटिभ देखिएमा उपचारको व्यवस्था हुने पोखरेलले बताए। आईतबार मात्रै जिल्लामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।