रामेछाप । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गोकुलगंगा गाउँपालिकाले अत्यावश्यकीय सेवा बाहेक सबै सेवा बन्द गरेको छ । आईतबार गाउँपालिकाले सूचना जारी गर्दै २०७७ मंसिर २१ देखि २७ गतेसम्मका लागि सेवा बन्द गरेको जनाएको हो ।
गाउँ पालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार सेवाग्राहि तथा समुयदायस्तरमा समेत कोरोना सङ्क्रमण फैलिन सक्ने भएका भएकाले त्यस्तो जोखिम हुन नदिन गाउँपालिकाले सेवा बन्द गरेको सूचनामा उल्लेख छ ।
गाउँपालिकाको वडा कार्यालयहरुबाट भने सेवा प्रवाह हुने भएको छ ।
सूचना विस्तृतमा:
वडा कार्यालयहरुबाट सेवा प्रवाह हुने

