-अनिश राई (फुटकर यात्री ठिटो)
जल्नु छ हो अझै जल्नु छ
सल्लाइ - मट्टीतेल लगाउ
कसरी सल्काउछौ आगो
-मेरो प्यारो दुश्मन
- मलाइ सल्काउ
तिम्रो सक्दो बल बुद्दिलगाएर
मेरो प्रयास र प्रगती- सल्काउ
जलिदिन्छु म-बिस्तारै सुस्तसुस्त
तर याद गर
खरानी हुन भन्दा अगि
तिमी हासोले गाजिन अगि
धुवा भएरै पनि -त्यहा -
आकासमा पुग्ने छु
तिमी भन्दा माथी माथी,
धेरै माथि
तिमिले म खरानी मात्र-
सम्झियौ होला
तर
धुँवा भएरै पनि
त्यो खरानी बन्नु भन्दा पहिले
सफल्ताको शिखर चुम्नु छ।
हावाको वेगसँग-सँगै
सारा संसार डुल्नुछ।
तिमिले दिएका थुकाइ
खुट्टातानाइको
प्रतिउतर दिनुछ।
मेरो प्यारो दुशमन
तिमिलाइ मेरो बिन्ती छ
मलाई जलाइदेउ !